सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरोना महामारीमा बिबेकशील साझाले सुरु गर्‍यो हटलाईन सेवा

बुधबार, बैशाख २२ २०७८

काठमाडौं(जस)- कोरोना महामारीले मुलुक आक्रान्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

पार्टीले कोभिड १९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरि दुईवटा नम्बर तोकेको हो । मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् । हटलाईनमा उपलब्ध स्वयंसेवकहरुले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरि समस्या समाधान गर्न प्रयत्न गर्नेछन् ।

कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्धपनि हटलाइन सञ्चालनमा ल्याएको हो । कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न । नागरिकहरुका हरेक दुःखमा जोडिन हटलाईन सुरु गरेको हो । नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको बिबेकशील साझाले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार