काठमाडाैं । कर बुझाउने म्याद बढाउन अटोमोबाइल व्यवसायीहरूले माग गरेका छन्। अटोमोबाइल व्यवसायीहरूको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण यही वैशाख २५ गतेभित्र बुझाइसक्नुपर्ने मूल्य अभिवृद्धि कर विवरण तथा कर रकम बुझाउन सम्भव नहुने एसोसिएसनको भनाइ छ। एसोसिएसनले निषेधाज्ञा खुलेको एक हप्ताभित्र कर बुझाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।