शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कर्णाली प्रदेशका कोभिड–१९ बाट मृत्यु भएका परिवारले राहत पाउने

सोमबार, बैशाख २० २०७८

सुर्खेत(जस) -कर्णाली प्रदेशका कोभिड–१९ बाट मृत्यु भएका परिवारले राहत पाउने भएका छन्। कर्णाली प्रदेशको वैशाख १७ गते बसेको मन्त्रिपरिषदको वैठकले कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिमृतक एक लाख रुपैयाँ दिने निर्ण गरेको हो।

सामाजिक विकास मन्त्रालयसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर कोभिडबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार