शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कोरोना संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

आइतबार, बैशाख १९ २०७८

कैलाली । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको आज अपराह्न मृत्यु भएको हो ।

कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको निधन भएको उहाँका श्रीमान मोतिलालले बताउनु भयो ।

कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य रहनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार