सुर्खेत(जस) नेकपा माओबादी केन्द्रबाट निर्बाचीत कर्णाली प्रदेश सभाका सासंदहरुले आधा महिनाको पारिश्रमिक कोरोना बिपत कोषमा सहयोग गर्ने भएका छन।
कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक सीताकुमारी नेपालीले कोरोनाभाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउनका लागि यो निर्णय गरिएको जानकारी दिइन् ।
साथै दलका सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश सरकारमा निकाय, स्थानीय तह, अन्य राजनैतिक दल लगायतसँग समन्वय गरी कोरोना प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण, समन्वय एवंम अनुगमन गर्ने दलले निर्णय गरेको छ।