शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

झण्डै ५ हजारमा कोरोना संक्रमण पुष्टि, काठमाडौँमात्र १५ सय बढी संक्रमित थपिए

बिहिबार, बैशाख १६ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४९ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ संक्रमित थपिएका छन् । जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।

यस्तै पछिल्लो घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ । यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार