काठमाडौं । निषेधाज्ञामा पनि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय खुल्ला रहने भएको छ । संघले बुधबार एक सूचना प्रकाशित गर्दै व्यवसायीहरुलाई आवश्यक पर्ने सहयोग गर्न संघको कार्यालय खुल्ला रहने जानकारी दिएको हो ।
सुचना ! सुचना ! ! सुचना ! ! !
कोभिड १९ को दोस्रो लहर सुरु भएको र पहिलो लहर भन्दा दोस्रो लहर बढि घातक रहि छिटो सर्ने भनि नेपाल सरकारले १५ दिनको लागी निषेधाज्ञा गरेको सबै व्यवसायीहरुलाई अवगत नै छ । लकडाउन सुरु हुनु अगाडी नै मेडिकल गराउन, अभिमुखिकरण तालीम लिन, पुलिस रिर्पोट प्रमाणीकरण गर्नका लागी तथा अन्य सम्वधित कामका लागी कामदारहरु काठमाडौ आईसकेका हुदाँ उनिहरुलाई बिदेश पठाउन व्यवसायीहरुले पनि तयारी गरि अन्तीम श्रम स्वकृति लिएर पठाउने प्रक्रिया सम्पन्न गर्न लागेको अवस्थामा लकडाउन भए पनि अन्तीम श्रम स्वकृति दिन श्रम कार्यालय खुल्ला रहने भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
व्यवसायी र कामदारलाई आवश्यक पर्न जाने सहयोग गर्न, पास आवश्यक भए बैदेशिक रोजगार बिभागमा सिफारिस पठाउने सहमति भए अनुसार व्यवसायीहरुलाई आवश्यक पर्ने सहयोग गर्न संघको कार्यालय खुल्ला रहने भएकाले संघमा निम्न अनुसारको पदाधिकारि तथा सदस्यज्यूहरुलाई सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
१. सुजित कुमार श्रेष्ठ – (महासचिब) ९८५१०७०६५२
२. दिनेश कुमार राय – (सदस्य) ९८५१०८८८५९
३. बिजय लामा – (सदस्य) ९८०१०७७०९१
४. छबिलाल भट्टराई – (सदस्य) ९८५१०१४५३८
५. मोहन ढुङगेल – (सदस्य) ९८५११३०८७४
६. जङ्ग बहादुर इजम – (सदस्य) ९८५१२३०३४७
७. प्रकाश बोहरा – (सदस्य) ९८५११५१३४५
धन्यवाद
सुजित कुमार श्रेष्ठ
महासचिब