बैशाख १५,काठमाडौ।काठमाडौको थापाथली स्थित नर्भीक अस्पतालले निषेधआज्ञा लकडाउन अबधीभर निशुल्क एम्बुलेन्स सेवाप्रदान गर्ने भएको छ। अस्पतालले एक प्रेष बिज्ञप्ति जारी गर्दै लकडाउन अबधीमा अन्य सवारी साधन नचल्ने भएको हुदा स्वास्थ्यमा जटिल समस्या भएका बिरामीहरुलाई समस्या नहोस भनेर लकडाउन अबधीमा एम्बुलेन्स सेवा निशुल्क प्रदान गर्न लागीएको जानकारी दिएको छ। स्वास्थ्यमा गम्भीर समस्या भई इमेरजेन्सी अस्पतालमा भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बूलेन्ससेवा उपलब्ध गराउने भएको हो । त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइने अस्पताले वनाएको छ। अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिहका अनुसार यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्ने छ। यो सेवा भने काठमाडौ उपत्यका भित्रमात्र लागु हुने सिहले बताएका छन।