बैशाख१२,काठमाडौ।आइतबार बालुवाटारमा बसेको नेकपा(एमाले) महाधिबेशन आयोजक कमिटीको बैठकले माधब,झलनाथ समुहका सासंदलाई कारबाही गर्ने बिषयमा उचित समयमा कारबाहि गर्ने निर्णय गरेको छ। आईतबार बालुवाटारमा बसेको बैठकमा कारबाही गर्ने बिषय उठेपनि तत्काल कारबाही नगर्ने आगामी कृयाकलाप हेरेर निर्णय लिइने प्रबक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन। उनले बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष निकालिएको र उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए ।
यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको र उनीहरुको गतिविधिको आधारमा निर्णय लिइने उनको भनाइ छ । शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो