काठमाडौं । त्रिकोणात्मक खेलमा नेपाल ६९ रनले विजयी भएको छ। मलेसियाले ५ बल अगावै सबै विकेट गुमाएर १४८ रनमात्र बनाउन सक्यो। नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले ३-३ विकेट लिए।
यसअघि नेपालले मलेसियासामु २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि करण केसीले सर्वाधिक ४५ रन बनाए। उनले १३ बलमा ७ छक्का प्रशार गरेका थिए।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१७ रनको योगफल तयार पारेको हो। नेपालका लागि कुशल भुर्तेलले १६, आसिफ सेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, विनोद भण्डारीले ८, सोमपाल कामीले २ र कुशल मल्लले अविजित १९ रन बनाए।
नेपालले त्रिकोणात्मक सिरिजको फाइनल खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।