बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

आइपिएलमा दिल्लीको जित, अमित मिश्रा चम्किँदा मुम्बई १३७ रनमा सीमित

बुधबार, बैशाख ८ २०७८

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएलको गएराति भएको खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । दिल्लीले साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले हराएको हो । चेन्नईस्थित मा चिदम्बरम क्रिकेट मैदानमा भएको खेलमा मुम्मईले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

मुम्मबईले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्लीले जितका लाथि जम्मा १३८ रनको लक्ष्य पाएको थियो । १३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो‍ ।

दिल्लीको जितका लागि शिखर धवनले ४५, स्मीथले ३३ बनाएर आउट हुँदा ललित यादवले २२ र सिमरोन हेटमायर १४ रनमा अविजित रहे ।
मुम्बईका लागि जयन्त यादव, जसप्रित बुमराह, राहुल चरह र कायरण पोलार्डले १–१ विकेट लिए। सुरुमा ब्याटिङ गरेको मुम्बईले ७ औँ ओभरसम्म राम्रो स्कोर बनाएको थियो ।

तेस्रो ओभरमै ओपनर विन्टन डीकोक आउट भएपनि रोहित शर्मालाई साथ दिन आएका सूर्यकुमार यादवले आक्रामक ब्याटिङ गरे । सातौँ ओभरको अन्तिम बलमा सूर्यकुमार यादव आउट हुँदा मुम्बईको स्कोर ६७ रन बनिसकेको थियो । त्यसपछि दिल्लीका बलरले मुम्बईका ब्याट्सम्यानलाई खुलेर ब्याटिङ गर्न दिएनन् । त्यसपछि जम्मा ३३ रन थपेर १०० रनको स्कोर बनाउन मुम्बईले १५औँ ओभरको चौथो बलसम्म पर्खनुपर्यो । यतिबेलासम्म ६ विकेट गुमिसकेको थियो ।

दिल्लीका लेग स्पिनर अपिमत मिश्रा एक्लैले मुम्बईको ४ विकेट लिएपछि मुम्बई कम स्कोरमै समेटिन बाध्य भएको थियो । मिश्राले मुम्बईका ४ खतरनाक ब्याट्सम्यान कप्तान रोहित शर्मा, इशान किशन, हार्दिक पाण्डेय र पोलार्डलाई सस्तैमा पेभिलियन पठाएका थिए ।

मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । इशान किशनले २६, सूर्यकुमार यादवले २४ र ललित यादवले २३ रन जोडे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यो जितपछि दिल्ली ४ खेलबाट तीन जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा सबै जित निकालेको बैंग्लोर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार