काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। आज थपिएका मृतकसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार १०२ पुगेको छ।
मंगलबार देशभर एक हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन्। आठ हजार ७३८ जनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो।
आज थपिएका संक्रमितसँगै कुल सक्रिय संक्रमितको संख्या आठ हजार ६५९ पुगेको छ।
मंगलबार २५१ जना संक्रमणमुक्त भएका छन्।