काठमाडौं, ४ बैशाख । नेपालमा कोरोना भाइरसका आज ८ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २सय २६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७५ हजार ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
२४ घन्टामा कोरोनाबाट ५ जनाको मृत्यु
आज कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज २ सय २६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ८३ हजार ६ सय ५८ संक्रमित भएपनि २ लाख ७५ हजार ३८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार ५ सय ४५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । हालसम्म २३ लाख ४० हजार ४ सय १७ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ७४ रहेको छ ।