काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको थिएन । १४ जिल्लाका विद्यालयमा विद्यार्थीलाई नजान आग्रह मात्रै गरेको थियो ।
यो आग्रहपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको थियो । यस्तै काठमाडौ महानगरपालिकाले कोभिड देखिएका विद्यालयमा मात्र बन्द गर्ने निर्णय गरेपछि झन् अन्यौल बढेको छ ।