शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आइपिएल : पञ्जाब किंग्समाथि चेन्नईको सहज जित

शनिबार, बैशाख ४ २०७८

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपरकिंग्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जाबले दिएको १०७ रनको लक्ष्य पछाएको चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईका लागि मोइन अलीले ४६ रन बनाए भने फाफ डूप्लेसिसले ३६ रन बनाए ।

त्यस्तै पञ्जाबका लागि मोहमद सामीले २ विकेट लिए भने अर्शदीप सिंग र मुर्गन आश्विनले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १०६ रन बनाएको थियो ।

पञ्जाबका लागि शाहरुख खानले सर्बाधिक ४७ रन बनाए भने झी रिचार्डसनले १५ रन बनाए । त्यस्तै क्रिस गेल र दीप हुड्डाले १०-१० रन बनाए । पञ्जाबका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै चेन्नईका बलर दीपक चहरले सर्बाधिक ४ विकेट लिएका थिए । त्यस्तै साम करण, मोइन अली डवाने ब्राभोले एक एक विकेट लिए ।

यो जितपछि चेन्नईले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको पञ्जाबले दोस्रो खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार