काठमाडौं । काठमाडौंमा उपत्यकामा बिहिबार राति भीषण हावाहुरी चलेको छ। भीषण हावाहुरीका कारण केहि क्षेत्रमा विद्युतमा समस्या देखिएको छ।
हावाहुरीबाट उपत्यकाको जनजीवन प्रभावित बनेको छ। कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन्।
देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति सवा ९ बजेबाट एक्कासी हुरी चल्न थालेको हो। केहि समय हावाहुरी चल्ने सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन। वर्षा भएपछि हावाहुरी विस्तारै घट्दै जाने मौसमविद्हरुले बताएका छन्।
हावाहुरीबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन।