शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विद्यालय बन्द गर्ने सरकारी प्रस्तावको प्याब्सनद्धारा विरोध, मापदण्ड पूरा गरेर खुलै राख्नुपर्ने माग

आइतबार, चैत्र २९ २०७७

काठमाडौं। सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर रोक्न भन्दै यसअघि सरकारले ठूला सहरका विद्यालय बन्द गरी अनलाईन कक्षा सञ्चालन गर्ने प्रस्ताव अघि सारेको थियो ।

प्याब्सनले मुलुकभरका सबै विद्यालय बन्द गर्दा शैक्षिक क्षेत्रमा ठूलो असर पर्ने भन्दै त्यसको विरोध गरेको छ । पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने र त्यसका लागि वातावरण बनाइदिन सरकारसँग माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रुपमा सञ्चालन हुन दिनुपर्ने बताएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बैठकमा लगेको प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन ।

शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर उक्त प्रस्ताव अगाडि बढाउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार