बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

ललितपुर मेयर कप महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि एपीएफलाई

आइतबार, चैत्र २९ २०७७

काठमाडौं(जस)–ललितपुर मेयर कप महिला टी–२० क्रिकेट च्याम्पियनसिपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको जित निकालेको हो । टस जितेर ब्याटिङ राजेको सुदूरपश्चिमले पूंरा ओभर खेल्दै सात विकेटको क्षतिमा १०७ रन बनाएको थियो । १०७ रनको लक्ष्य पाएको एपीएफले दुई विकेटको क्षतिमा २३ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको थियो ।
एपीएफको जितका लागि ओपनर ज्योति पाण्डे र कप्तान सिता राना मगरले ६९ रनको साझेदारी गरे । कप्तान मगरले २७ रन जोडिन् । त्यस्तै पाण्डेले ३६ रन बनाएकी थिइन् । दुवै खेलाडी रनआउट भएका थिए । तेस्रो नम्बरमा मैदान छिरेकी इन्दू बर्माले १९ र ममता चौधरीले १५ रन जोडिन् । त्यसअघि ब्याटिङ गरेको सुदुरपश्चिमी बिन्दू रावलले सर्वाधिक ४३ रन बनाइन् भने डली भट्टले १४ रन बनाइन् । त्यस्तै रेवती धामी, कविता कुँवरले क्रमशः १० रन र १३ रन जोड्दै बाहिरिए ।
फाइनलमा सुनिता लोहार शून्य रनमा आउट हुँदा कविता जोशी ३, ऋतु नौजिया ४, मञ्जु बोगटी ३ रनमा आउट भइन् । एक रन जोडेकी सम्झना खड्का अविजित रहिन् । एपीएफका लागि रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सिता राना मगर र विन्दू बोहराले समान १–१ विकेट लिए । एपीएफले उपाधिसहित तीन लाख रुपैयाँ नगद रकम पुरस्कार जितेको छ भने उपविजेता सुदुरपश्चिमले एक लाख पचास हजार नगद पुरस्कार पाएको छ ।
सिता सर्वाेत्कृष्ट खेलाडी
ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान सिता रानामगर बनेकी छिन । प्रतियोगितामा उत्कृष्ट बलर एपीएफकी विनु बुढा मगर बनिन । उनले प्रतियोगितामा पाँच खेलमा १० विकेट लिइन । जसमा उनले ६६ रन खर्चिएकी थिइन । उनको प्रतियोगितामा उत्कृष्ट बलिङ ११ रन खर्चिएर चार विकेट थियो । यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर प्रदेश एककी कप्तान रुविना क्षेत्री बनिन् । उनले प्रतियोगितामा चार खेलमा एक सय ६१ रन बनाएकी थिइन । जसमा उनको उच्च स्कोर ६८ रन थियो भने एउटा अर्धशतक बनाएकी थिइन । उनको टिम भने लिग चरणबाट बाहिरीएको थियो ।
विना र रुविनाले जनही १५–१५ हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार एपीएफकी कप्तान सिता रानामगरले पाइन । टिमलाई उपाधि दिलाउन राम्रो कप्तानी गरेकी उनले ब्याटिङ र बलिङ दुबैमा राम्रो खेलेकी थिइन । जसमा उनले ब्याटिङमा पाँच खेलमा एक सय २३ रन बनाइन । जसमा उनले एक अर्धशतक हिर्काएकी थिइन । उनको उच्च स्कोर ५२ रन रहेको थियो । बलिङमा पनि उनले पाँच विकेट लिएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित समाचार