काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । यो सँगै नेपाल पत्रकार महासंघमा अग्रगमन पक्षधर लोकतान्त्रिक प्यानलको जित भएको हाे ।
नेपाल पत्रकार महासंघको बुधबार देशैभर एकसाथ सम्पन्न मतदानको मतगणना शनिबारसम्म जारी रहदा निर्वाचन समितिकाे प्रारम्भिक मतगणना नतिजा अनुसार विपुल पोखरेल प्यानलको अग्रता देखिएको छ ।
नेपाल पत्रकार महासंघको बुधबार देशैभर एकसाथ सम्पन्न मतदानमा सत्ता निकट गठबन्धन र माओवादी–कांग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धनको प्यानल चुनावी मैदानमा थिए ।
निर्वाचन समितिले अहिले केहीबेरमा विजयी घोषणा गर्ने छ । पोखरेल प्यानल निर्वाचित भएसंगै नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा यतिबेला विजयको अबिर लगाएर खुशियाली साटासाट भैइरहेको छ ।





