काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औ संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ ।
उद्घाटन खेलमा बैंगलोरले डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्सलाई २ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १६० रनको लक्ष्य पछाएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
बैंगलोरको जितमा एबी डिभिलीयर्सले ४८ रन बनाए भने ग्लेन म्याक्स वेलले ३९, कप्तान विराट कोहलीले ३३ र वाशिंटन सुन्दरले १० रन बनाए ।
त्यस्तै मुम्बई इण्डियन्सका बलर जसप्रित बुमराह र मारको जानसेनले २-२ विकेट लिए भने ट्रेन्ट बोल्ट र क्रुनाल पाण्डेयले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।
मुम्बईक लागि क्रिस लीनले ४९ रन बनाएका थिए भने सूर्यकुमार यादवले ३१, इशान किशनले २८, कप्तान रोहित शर्माले १९ र हार्दिक पाण्डेयले १३ रन बनाए ।
त्यस्तै रोयल च्यालेन्जर्स बैंगलोरका बलर हर्सल पटेलले ४ ओभरमा २७ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै कील जामिएसन र वाशिंटन सुन्दरले एक एक विकेट लिए । आइपिएलको शनिबार हुने दोस्रो खेल चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच हुने छ ।