कतार । कतारले आफ्नो देश बाहिर कोरोना खोप लगाएको कुनै पनि व्यक्तिले क्वारेन्टिन बस्न नपर्ने बताएको छ । कतारले फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एण्ड जोनसन खोप लगाएका आप्रवासीहरु होटेल क्वारेन्टिन बस्न नपर्ने बताएको छ । तर, कतार सरकारले तोकेका अन्य मापदण्ड भने पालना गर्नु पर्नेछ ।
स्वास्थ्य मन्त्रालयले क्वारेन्टिनको छुट प्राप्त गर्न जोनसन खोपको पहिलो डोज बाहेकका अन्य दुई खोप लगाइसकेको हुनुपर्ने बताएको छ । तर खोप लगाएको १४ दिन पुगिसकेको हुनु पर्नेछ भने खोप लगाएको आधिकारिक प्रमाण पेश गर्नु पर्नेछ ।
त्यसमा खोपको नाम र सिरियल नम्बर अनिवार्य गरिएको छ । कतार प्रवेश गर्नु अगाडि कोरोनाको नेगेटिभ पिसिआर रिपोर्ट पनि अनिवार्य गरिएको छ ।खोप लगाएको मिति स्पष्ट हुनुपर्ने र मोबाइलमा एतराज एप ग्रिन हुनुपर्ने भन्दै मन्त्रालयले खोप लगाएको १४ दिन नपुगेको अवस्थामा क्वारेन्टिन बस्नुपर्ने जनाएको छ ।