आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

च्याम्पियन्स लिग: क्वाटरफाइनलको पहिलो लेगमा सिटीद्वारा डर्टमुन्ड पराजित, लिभरपुलमाथि रियल मड्रिडको सहज जीत

बुधबार, चैत्र २५ २०७७

काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले जर्मन क्लब बोरूसिया डर्टमुन्डलाई २-१ ले हराएको हो ।

सिटीको जीतमा केभिन डि ब्रुयना र फिल फोडेनले १-१ गोल गरेका थिए भने डर्टमुन्डका मार्को रिउसले १ गोल फर्काए ।

खेलको १९औं मिनेटमा रियाद माहरेजको पासमा डिब्रुयनाले गोल गर्दै सिटीलाई अग्रता दिलाएपछि पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

दोस्रो हाफको अन्त्यतिर ८४औं मिनेटमा रिउसले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । तर ९०औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई जीत दिलाए ।

लिभरपुलमाथि रियल मड्रिडको सहज जीत

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले सहज जीत निकालेको छ । क्वाटरफाइनलको पहिलो लेगमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हराएको हो ।

रियलको जीतमा भिनिसियस जुनियरले २ गोल गरे भने मार्को एसेन्सियोले १ गोल गरे । लिभरपुलका मोहमद सालाहले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा भिनिसियसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा एसेन्सियोले रियलको अग्रता दोब्बर पारेपछि पहिलो हाफ २-० मा सकिएको थियो ।

५१औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे । ६५औं मिनेटमा भिनिसियसले अर्को गोल थपेपछि रियल ३-१ ले अघि बढ्यो । त्यसपछि लिभरपुल खेलमा फर्कन सकेन र हार व्यहोर्न बाध्य भयो ।

सेमिफाइनल पुग्न अब लिभरपुलले दोस्रो लेगमा घरेलु मैदानमा २-० वा त्योभन्दा बढी अन्तरले खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार