शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल­-खनाल समूहको पार्टी सुदृढीकरण अभियान घोषणा, राष्ट्रपतिद्धारा खनाललाई भेटेर पार्टी एकता कायम राख्न आग्रह

आइतबार, चैत्र २२ २०७७

काठमाडौँ(जस)–नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल­खनाल समूहको अबको दुई महिना सङ्गठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । काठमाडौँमा शनिबार बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारवाही र तल तहमा अर्काे खालको कारवाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय सङ्गठन तथा पार्टीको सङ्गठन निर्माण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।
“जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारवाही गरिएको भयो”, पन्तले रासससँग भने, “माथि एक प्रकारको कारवाही र तल अर्काे खालको कारवाही गरिएको छ ।”
उनले थपे, “पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारवाही गरेमा विरोध गर्ने र जनसङ्गठन र पार्टीको पनि वडातहसम्मै सङ्गठन बनाउने भन्ने भएको छ ।” बैठकले केही दिन अघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पु¥याउने निर्णय पनि गरेको छ ।
विसं २०७५ जेठ २ गते अघिको पार्टी कमिटीलाई पुनर्गठन गर्दै प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गने निर्णय भएको जनाइएको छ । जेठ २ लाई आधार मानेर पार्टी एकतामा फर्किन अध्यक्षलाई आग्रह गरिएको जनाइएको छ । अभियानका क्रममा केन्द्रीय सदस्यलाई जिल्ला जिल्लामा खटाउने, प्रचारात्मक र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तथा स्थापना दिवस, मनामोहन अधिकारी स्मृति दिवस र मदनआश्रित स्मृति दिवस भव्यरूपमा मनाउने निर्णय पनि गरेको छ । यसअघि नेकपा एमालेले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भूषाल र सुरेन्द्र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरिसकेको छ ।
राष्ट्रपति भण्डारीद्धारा खनालसँग भेट
राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका प्रभावशाली नेता झलनाथ खनाललाई भेट गरेकी छन् । शनिबार अपरान्ह खनालकै निवास पुगेकी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी गरेकी छिन् । खनाल निकटस्थ स्रोतका अनुसार भेटमा भण्डारीले पछिल्लो राजनीतिक संकट टार्न महत्वपूर्ण प्रस्ताव लगेकी छिन् । जसमा वामपन्थी एकता कायमै राख्न राजनीतिक लेनदेनको विषय रहेको छ ।
विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट टार्न भण्डारीले महत्वपूर्ण प्रस्ताव लगेकी छिन् । उनले त्यसका लागि आफूले भूमिका खेल्ने समेत स्पष्ट पारेकी छिन् । वामपन्थी नेतृत्वकै सरकार कायमै राख्नेबारे पनि भेटमा छलफल भएको स्रोतले बतायो । त्यसका लागि ओलीको विकल्पमा अन्य कसैलाई सार्नेबारे समेत छलफल भएको बुझिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो । ओलीको सत्ता संकट बढेपछि राष्ट्रपति भण्डारी सक्रिय भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार