शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको दैनिक आयात कोटामा वृद्धि, अब दैनिक २० किलो आयात गर्न सकिने

शुक्रबार, चैत्र २० २०७७

काठमाडौ(जस)–सुनको दैनिक आयात कोटालाई राष्ट्र बैंकले संसोधन गरेको छ । बिहिबार बिदेशी बिनिमय कारोवार गर्न इजाजतपत्र प्राप्त बैंक तथा बित्तीय संस्था र अन्य निकायहरुलाई परिपत्र जारी गर्दे एकीकृत परिपत्र २०७६ लाई संसोधन गर्दे नयाँ कोटा निर्धारण गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुन आयात सम्वन्धी नयाँ व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको परिपत्रमा उल्लेख छ । सुन आयात तथा बिक्री बितरण सम्वन्धी कार्यबिधी २०६८ को बुंदा नम्वर ४ लाई संसोधन गर्दे आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ । यसअघि दैनिक १० केजी मात्र सुन आयत गर्न सकिने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार