शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल त्रिदेशीय अन्तराष्ट्रिय फुटबलको फाइनल प्रवेश

शनिबार, चैत्र १४ २०७७

काठमाडाैं । नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

अब नेपालले सोमवार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ । यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार