शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

ओली नेतृत्वको सरकारको समर्थन केहि दिन भित्र फिर्ता : प्रचण्ड

शनिबार, चैत्र १४ २०७७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन केहि दिन भित्र फिर्ता लिने बताएका छन् ।

बृहत नगरिक आन्दोलनको नागरिक इजलासमा बोल्दै प्रचण्डले अहिले आफुले केहि दिनका लागि समर्थन फिर्ता लिन रोकेको तर आफ्नो राजनीति नै दाऊमा राखेर समर्थन फिर्ता लिन धेरै दिन रोक्न नसक्ने बताए ।

उनले भने, ‘ हिजो असंबैधानिक र अलोकतान्त्रिक भनेर सडकमा आन्दोलन गरेका साथीहरुबाट जर्बजस्त समर्थन फिर्ता नलिन मलाई दबाब छ । मैले भनिरहेको छु, नैतिक र राजनीतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन । मैले जुन सरकारलाई प्रतिगमन भनेको छु त्यसलाई समर्थन गर्न सक्दिन । चाहे राजनीति जता सुकै जाओस् । मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनु पर्छ ।’

प्रचण्डले अबको निकास बारे प्रतिगमनविरुद्ध आन्दोलन गरिरहेका दलहरुबीच साझा सहमति होस् अविश्वास प्रस्ताव र समर्थन फिर्ता सँग सँगै जाओस् भनेर केहि दिन रोकेको प्रष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार