काठमाडौं । पर्वातारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिम कार्यक्रममा पर्वातारोहण संघ सम्वद्ध ३९ जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगार लगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुलाई नकारात्मक असर पारेको पाइएको बताए । सोही कुरालाई मनन गर्दै संघले मानसिक स्वास्थ्य सम्बन्धि विशेष तालिमको अवधारणा ल्याएको र हालसम्म विभिन्न चरणमा भर्चुअल माध्यमबाट तालिम सञ्चालन भइरहेको बताउनुभयो । विशेष गरेर पर्वातारोहण संघसँगको सहकार्यमा साहसिक नेपाली पर्वातारोही श्रमिकहरु तथा पर्वातारोहण क्षेत्रका अन्य व्यक्तिहरुका लागि यो तालिमले व्यक्तिगत रुपमा मात्रै नभई उसको परिवार तथा समाजलाई समेत फाइदा पुगिरहेको डा केसीको भनाई थियो । संघले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकहरुलाई विभिन्न गन्तव्य देशहरुमा र नेपाल फर्केपछि पनि राहत तथा उद्दारका लागि सहयोग पु¥याएको जानकारी गराउनुभयो ।
यस्तै संघका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिक रुपमा समेत असर परेको र पर्वतारोहण एवं टे«किङ व्यवसायमा समेत असर परेको बताउनुभयो । तालिमले सो क्षेत्रमा संलग्न व्यक्तिहरुलाई सहयोग पुग्ने थापाले बताउनुभयो । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाई थियो ।
यस्तै संघका स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले संघले टेलिहेल्थको माध्यमबाट देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेपाल पर्वातारोहण संघका महासचिव कुलबहादुर गुरुङ्गले गैरआवासीय नेपाली संघ र नेपाल पर्वातारोहण संघको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताउनुभयो ।
प्रसिद्ध साहसी पर्वातारोही माया गुरुङ्ग तथा अन्य यस क्षेत्रस“ग सम्बन्धित सबै सहभागीहरुले तालिम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि संघबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालिम कार्यक्रममा डा.विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रममा खेलकुद विभागका सचिव धर्मराज गिरी लगाएतको उपस्थिति रहेको थियो