शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आँटिला खरेल ‘दानविर’ पनि !

बुधबार, चैत्र ११ २०७७

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न स्थानमा फरक-फरक दर्जामा कार्यरत रहँदा स्थानीयबीच कुनै न कुनै छाप छाड्न सफल पूर्व प्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेल ‘दानविर’का रुपमा देखा परेका छन् ।
उनले आफूले उर्जाशिल समय व्यथित गरेको अर्थात् जीवनको महत्वपूर्ण समय योगदान पुरर्याएको प्रहरी संगठनका तल्लो तहका सदस्य मध्ये कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्नेहरुका सन्तानलाई शैक्षिक प्रोत्साहन गर्ने हेतुले छात्रवृत्ति प्रदान गर्ने समझदारी पत्रमा सोमबार हस्ताक्षर गरेका छन्।
४ कक्षादेखि १० कक्षासम्म अध्ययन गर्ने दुई जना जेहन्दार विधार्थीले वार्षिक एक मुष्ठ ५१ हजार रुपैया छात्रवृत्ति रकम प्राप्त गर्ने छन् । यो छात्रवृत्ति रकम यसै वर्षदेखि प्रदान गरिनेछ । २०५७ सालमा संगठनको महानिरीक्षक पदबाट अवकाश प्राप्त गर्दा आफूले प्राप्त गर्ने मासिक पेन्सन रकम खरेलले छात्रवृत्तीका रुपमा प्रदान गर्न चाहेको बताइएको छ ।
पूर्व महानिरीक्षक खरेलले उपलब्ध गराउने उक्त छात्रवृत्ति सहयोग रकम कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गर्ने अमर प्रहरी (कार्यालय सहयोगी, प्रहरी जवान, प्रहरी हवल्दार)का सन्ततीहरु मध्ये २ जना जेहन्दार तर, आर्थिक अवस्था अत्यन्तै कमजोर भएका परिवारका सन्ततीलाई शिक्षा हासिल गर्न सहज एवम् सरल होस् भन्ने भावनाबाट ओतप्रोत भएर खरेलले उपलब्ध गराउन चाहेका हुन् । त्यो सहयोग राशी जनही ५१ हजार हुनेछ ।
प्रहरी संगठनमा यसरी अक्षयकोष नै स्थापना गरी संगठनका विरगती प्राप्त बहादुर सदस्यका सन्ततीको उज्ज्वल भविष्यको कामना गर्दै छात्रवृत्ति रकम उपलब्ध गराउने खरेल नै प्रथम व्यक्ति हुन् ।
आफ्नो जिवनकाल पछि पनि उक्त छात्रवृत्ति अभियानले निरन्तरता पाओस् भनि खरेलकै इच्छामा उहाँका सन्तानद्धय छोरा डा. आयुष र छोरी डा.चाँदनीले ११ लाखको अक्षयकोष स्थापना गरिदिने भएका छन् ।
‘दानविर’ एवम् ‘मनकारी’ खरेललाई ‘मुरीमुरी’ धन्यवाद ।

प्रतिक्रिया
सम्बन्धित समाचार