सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कांग्रेसको नेतृत्वमा सरकार बनाउने तयारी छैन : देउवा

बुधबार, चैत्र ११ २०७७

मोरङ(जस)–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गरे ।
सभापति देउवाले भने, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भूमिका निर्वाह गर्न आदेश दिएकाले सोहीअनुसार सशक्त भूमिका निर्वाह गर्ने छ ।” एक प्रश्नका जवाफमा पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकार विरुद्ध आफ्नो दलले अविश्वास प्रस्ताव ल्याउने सम्बन्धमा आफूलाई थाहा नभएको बताउँदै अन्य दलले कहिले ल्याउने हो भन्नेबारे सम्बन्धित दलका नेतालाई नै सोध्न सल्लाह दिए । नेता देउवा सुनसरी, धरानको एक कार्यक्रममा सहभागी हुन यहाँ आएका हुन् ।
अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना दिन विराटनगर पुगेका देउवाले काँग्रेस विपक्षी पार्टी भएको बताउदै सरकारमा नजाने बताए । उनले भने, काँग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन् ।’ साथै सभापति देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बारेमा पनि आफ्नो काँग्रेसले अगुवाइ नगर्ने बताए ।
सभापति देउवा शोकमा रहेको कोइराला परिवारलाई भेटेर मंगलबारै धरानमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुनेछन् । यस अघि सोमबार अपराहन्न बसेको काँग्रेस पदाधिकारी बैठकले समेत काँग्रेसले सरकारको नेतृत्व गर्न अझै परिस्थिति परिपक्व नभएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार