काठमाडौं । मिक्स मार्सल आर्ट खेलका भारतीय राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट छेत्री बजाङ उदयमान एवं एकमात्र अन्तरास्ट्रिय MMA नेपाली खेलाडी हुन हाल गैर आवासिय नेपाली संघ खेलकुद प्रतिस्ठानसँग आवद्द रही नेपालकै प्रशिक्षणमा ब्यस्त रहेका खेलाडी रबिन्द्रले नेपालको झण्डा बोकेर रास्ट्रियताको प्रतिनिधित्व गर्दै भारतको हरीयाणामा यही मार्च २८ तारिक देखी आयोजना हुन गईराखेको प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रतिस्पर्धा गर्न जादैछन ।
नेपाली खेलाडी भईकन दुइपटक एम्येच्योर फाइटमा भारतको राष्ट्रिय च्याम्पियन बन्न सफल खेलाडी रबिन्द्रलाई एनआरएनएबाट सहभागीताको लागि आवश्यक सम्पूर्ण कागजात मिलाईएको सदस्य सचिब धर्मराज गिरीले बताए उनले आफ्नो तर्फबाट खेलाडी रबिन्द्र यही मार्च २४ का दिन भारतका लागि प्रस्थान गर्ने बताए उनलाई एनआरएनए आईसिसीका उपाध्यक्ष सोनाम लामा, मध्यपूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) सदस्य सचिब धर्मराज गिरी, प्राबिधिक निर्देसक स्वयम्भु राज डंगोल सचिवालय कार्यकारी निर्देशक राजेश राणालगायत स्पोर्टस एकाडेमी टिम सहितले मंगलबार एनआरएनए कार्यालयमा एक कार्यक्रम गरि बिदाइ गरेको छ ।










