शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आज काँग्रेसको पदाधिकारी बैठक, पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने

सोमबार, चैत्र ९ २०७७

काठमाडौं(जस)–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न सभापति देउवाले पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । बैठक सोमबार अपराहन्न पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ । पार्टी भित्रैबाट नयाँ सरकारको निर्माण गर्न चासो नदेखाएको आरोप लागिरहेका बेला सभापति देउवाले बैठक बोलाएका हुन् । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिले सरकार बनाउन चासो नदेखाएको भन्दै आशंका व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार