बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

उपत्यकाव्यापी अन्तरनगरपालिका कराते प्रतियोगिता सम्पन्न

आइतबार, चैत्र ८ २०७७

काठमाण्डौं । शोतोकान कराते डो संघ नेपालको आयोजना र शोतोकान डो मनमैजु नेपालको सहयोग एवं सहकार्यमा उपत्यका ब्यापी अन्तर्नगरपालिका कराते प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।
उदघाटन कार्यक्रम संघका अध्यक्ष एवं समाजसेवी नारायण खड्काको सभापतित्व एवं तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको प्रमुख आथित्वमा सम्पन्न सो कार्यक्रममा उपत्यका भरिबाट १४ नगरपालिकाका २५० जना खेलाडीहरुको सहभागीता रहेको संघका बरिस्ठ उपाध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँले बताउनु भयो।
अजिमा पार्टी प्यालेस मनमैजुमा भएको कार्यक्रममा १० स्वर्ण, ३ रजत र १ कास्य गरी १४ पदक सहित तारकेश्वर नगरपालीका प्रथम भएको थियो ।
समापन कार्यक्रम संघका अध्यक्ष एवं समाजसेवी नारायण खड्काको सभापतित्व एवं टोखा नगरपालीकाका मेयर प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो कार्यक्रममा तारकेश्वर नगरपालीका १० का अध्यक्ष अमृत थापा, बरिस्ठ समाजसेवी एवं राजनैतिक विश्लेषक मोहन चापागाईं लगायतको पनि उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रममा तारकेश्वर नगरपालीका १० का अध्यक्ष अमृत थापा, वरिष्ठसमाजसेवी एवं राजनैतिक विश्लेषक मोहन चापागाईं,संघका बरिस्ठ उपाध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँ लगायतको उपस्थिति रहेको थियोे ।

नारायण खड्का अध्यक्ष रहेको डोजोले आगामी दिनमा कतारमा हुन गैरहेको प्रतियोगितामा समेत सहभागी जनाउने कुरा वरिष्ठ उपाध्यक्ष प्रोफेसर मोहम्मद रमजान अली मियाँले बताउनुभयो । बिगतमा पनि कम्बोडियामा सम्पन्न अन्तर्राष्ट्रिय प्रत्योगितामा पनि विभिन्न मेडल एवं उपाधी जित्न नारायण खडका अध्यक्ष रहेको डोजोको उल्लेख्य भुमिका रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार