सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘हनी ट्रयाप’ मा संलग्न महिलाको गिरोह पक्राउ, पुरुषलाई होटलमा बोलाएर ब्ल्याकमेलिङ गर्दै लाखौं असुल्ने धन्दा

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं । ‘हनी ट्रय्प’ मा फसाई रकम असुल्ने महिला गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पुरुषलाई होटलमा बोलाई गोप्य भिडियो खिचेर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्ने दुई जना महिलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–१० घर भाइ हाल घट्टेकुलो बस्ने ललिता भन्ने वर्ष ३७ कि लालसरी शाही र सोही स्थानकी वर्ष ३७ की हाल कपन वस्ने कल्पना हमाललाई पक्रउ गरेको जनाएको छ ।
उनीहरुले सुन्धारास्थित गेष्ट हाउसमा एक पुरुषलाई भेट्न बोलाई कोठामासँग बसी विभिन्न हर्कत गरि गोप्य रुपमा भिडियो खिचि व्याकमेलिङ गरेको र विभिन्न समयमा रकम माग गरेको प्रहरीले जनाएको छ । अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार उनीहरुलाई पक्राउ गरेको थियो ।

लालसरी शाहीले कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको राजधानीको कोटेश्वर बस्ने वर्ष ५२ का एक पुरूषलाई आफू सुन्धाराको एक होटलमा बसेको र सबै पैसा हराएकोले समस्यामा परेको भन्दै बोलाएकी थिइन् ।

समस्यामा परेको भन्दै सहयोगको याचना गरेपछि पुरुष उनलाई भेट्न होटलमा पुगेका थिए । होटलमा पुग्नासाथ उनले ति पुरुषलाई कोठामा लगेकी थिइन् ।
कोठामा जानासाथ शाहीले उक्त पुरूषको नजिक गई हात समाउने लगायतको काम गरेको र त्यसको भिडियो उनको साथीले गोप्य रुपमा खिचेकी थिइन् ।

भिडियो खिचेसँगै उनीहरुले ति पुरुषलाई भनेजति पैसा नदिए घर परिवारलाई भनिदिने भन्दै व्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ । उनीहरुले पैसा नदिए जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीकहाँ जाने भन्दै पुरुषलाई धम्काएका थिए । महिलाहरुको ब्ल्याकमेलिङमा परेका ति पुरुषले पटक–पटक गरी ३ लाख २ हजार ५ सय दिएका थिए । जब उनीहरुले थप ८ लाख माग गरे तब मात्र ति पुरुषले आफू ब्ल्याकमेलिङमा परेको थाहाँ पाए र प्रहरीमा उजुरी गर्न पुगे ।

पक्राउ परेका महिलाको समूहले यस्तै प्रकारको कार्यविधि अपनाई ब्ल्याकमेलिङ गर्ने हेतुले भिडियो बनाउने, रकम माग गर्ने, रकम पाउन छोडे पश्चातः भिडियो भाईरल गराई बदनाम गराउने तथा जबर्जस्ति करणीको मुद्दा लगाउने सम्मको डर त्रास देखाई पुनःरकम असुल गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । शाही र हमाल यसअघि पनि यस्तै कार्यमा संलग्न रही जेल सजाय भुक्तान गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार