शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपाल टेलिकमको सञ्चालक समितिमा पौडेल निर्विरोध चयन

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिमा पहिलो पटक अम्बिकाप्रसाद पौडैल निर्विरोध चयन भएका छन्।

पौडेल सर्वसाधारणबाट सञ्चालक समितिमा निर्विरोध चयन भएका हुन्।

कम्पनीको सञ्चालक समिति सदस्यको लागि मनोनयन गर्ने समय आज दिउँसो २ बजेसम्म सर्वसाधारणतर्फको सञ्चालकको लागि पौडेलको मात्रै मनोनयन दर्ता भएको हो।

टेलिकममा सर्बसाधारणको तर्फबाट सञ्चालकमा जाने उनी नै पहिला व्यक्ति भएका छन्।

यस अघि टेलिकममा सर्वसाधारणबाट सञ्चालक हुने गरेका थिएनन्।

टेलिकमको आउने साधारण भाले उनलाई अनुमोदन गर्ने छ। टेलिकमले चैत्र १३ गते शुक्रवार साधारण सभा गर्दै छ।

पौडेल शेयर बजारका सक्रिय लगानीकर्ता हुन्। उनी नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासङ्घले गठन गरेको पूँजी बजार फोरमका अध्यक्ष समेत हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार