शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले चैत्र ५ गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

कर्णाली प्रदेशका एमाले संसदीय दलको नेता यामलाल कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिईएको जनाए । सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको उनले जनाए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका २० सांसद रहेका छन् । आजको बैठकमा ओली पक्षका १० सांसद उपस्थित रहेको बताइएको छ । नेपाल-खनाल पक्षका सांसद भने अनुपस्थित रहेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेशमा माओवादी केन्द्रका १३, काँग्रेसका ६, राप्रपाका एक सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार