आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

त्रिदेशीय कप फुटबल : नेपालको पहिलो खेल किर्गिस्तानसँग

बुधबार, चैत्र ४ २०७७

काठमाडौं । दशरथ रंगशालामा हुन लागेको त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्रिदेशीय प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । प्रतियोगिताका सबै खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश भिड्नेछन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ ।

यस्तै, प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ मा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ । प्रतियोगितामा किर्गिस्तानको यू-२३ टिम र बाँकी राष्ट्रिय टिम हुनेछन् ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार