शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भोलिको कार्यक्रममा प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई माधव पक्षको आग्रह

मंगलबार, चैत्र ३ २०७७

काठमाडौै । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल माधव कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्न आग्रह गरेको छ । उक्त समूहका नेतासमेत रहेका एमालेका सचिव योगेश भट्टराईले यस्तो आग्रह गरेका हुन् ।

चैत ४ र ५ गतेका लागि आयोजना गरिएको राष्ट्रिय भेलाबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीलाई भेला उनको पनि भएको भन्दै त्यसमा सहभागी भएर प्रमुख आतिथ्यता जनाउन आग्रह गरेका हुन् ।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’

उनले आवेग र उत्तेजना गएर पार्टीमा देखिएको समस्या समाधान नहुने बताए । प्रधानमन्त्री ओलीले आज बालुवाटारमा आयोजना गरेको चियापानका क्रममा भोलिको कार्यक्रममा नजर लगाउने र सहभागी भएकालाई कारवाही गर्ने चेतावनी दिएका थिए । तर सचिव भट्टराईले कारवाही गरेर समस्या समाधान नहुने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार