शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

एमालेमा ओली–नेपाल पक्षको वार्ता सम्पन्न, फागुन २८ गतेको निर्णय फिर्ता लिनुपर्ने नेपाल पक्षको अडान

सोमबार, चैत्र २ २०७७

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्ष नेताहरुको भेटवार्ता सम्पन्न भएको छ। तीन महिनापछि पहिलोपटक आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको हो ।

उक्त बैठकमा ओली र नेपालसहित ११ जना नेता सहभागी थिए । आजको बैठकमा ओलीले गत फागुन २८ गते आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठक राखेर गरेका निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले लिएको छ । ओलीले फागुन २८ गतेको बैठकमा नेपालसहित उनी पक्षधर धेरै नेताहरुको जिम्मेवारी खोसेका थिए ।

बैठकबाट बाहिरिने क्रममा नेपाल पक्षधर नेता रघुजी पन्तले आफूहरुले यसअघि फागुन २८ गते गरेका निर्णय नमान्ने प्रष्ट अडान लिएको जानकारी दिए । उनले भने,‘आजको वार्ता सौहार्दपूर्ण नै भयो। सकारात्मक भयो। एक–अर्काका कुरा सुन्ने, बुझ्ने काम भयो, हामीले आफ्ना अडान राख्यौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार