शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नेपालमा ५३ जना काेराेना संक्रमित थपिए

आइतबार, चैत्र १ २०७७

काठमाडाैं / नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट आज ५३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २ हजार ६ सय १५ पीसीआर नमुना परीक्षण भएको बताएको छ ।

यसैगरी आज ७७ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

आज देशभरी नै ८ सय ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार