सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

महालक्ष्मी विकास बैंकको सिइओमा देवकोटा नियुक्त

आइतबार, चैत्र १ २०७७

काठमाडौँ / महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आज आइतबार बसेको सञ्चालक समितिको बैठकले देवकोटालाई सिइओमा नियुक्त गरेको हो ।

वि.सं. २०७६ बैशाख १ गतेदेखि सिटिजन्स बैंकमा डेपुटी सिइओको रूपमा कार्यरत थिए भने सिटिजन्स अघि उनी नेपाल बैंकमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा २५ वर्षदेखि सक्रिय उनले महालक्ष्मीमा सिइओको जिम्मेवारी पाउने तय भएसँगै दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार