बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

मेयर्स कपको उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

शनिबार, फाल्गुन २९ २०७७

काठमाडौं / मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टिमबीच प्रतिस्पर्धा हुँदैछ । आज फाइनल खेलका लागि त्रिवि क्रिकेट मैदानमा एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

पहिलो संस्करणको फाइनलमा उपाधिका लागि विभागीय डर्बी हुन लागेको हो । अहिलेसम्मको प्रदर्शनीका आधारमा उपाधि जित्नेमा एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ विश्वस्त देखिन्छन् ।

फाइनलसम्म पुग्नका लागि दुवै टोलीले तीन खेल जितेका थिए । पुलिस ४ खेलमा ३ जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । एपीएफ पनि ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो ।

पुलिस समूह चरणमा एपिएफसँग पराजित भएको थियो । फाइनलमा पुलिस हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ । यता, एपिएफ जितलाई निरन्तरता दिँदै पहिलो संस्करणको उपाधि हात पार्ने दाउमा छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार