काठमाडौं । गैरआवासीय नेपाली सोसल क्लब ओमानको यहि आउने ०९ अप्रिल २०२१ का दिन छैठौं महाधिवेशन हुने भएको छ । गत १२ फेब्रुअरीका दिन अनलाईन प्लेटफर्ममा बेसेको केन्द्रिय समितीको बैठकले अन्य बिभिन्न निर्णयलगाएत महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
बर्तमान कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दै तथा स्थानिय मन्त्रालयको निर्देशन अनुसार क्लबको महाधिवेशन अनलाईनमार्फत हुने जानकारी गराउँदछु । महाधिवेशनको मिति घोषणा संगै हाम्रो केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरु सदस्यता नविकरण र बितरण लगाएत महाधिबेशन सम्बन्ध बिभिन्न कार्यहरु भइरहेका छन् ।
क्लबको महाधिवेशनको मितिले १५ दिन अगावै क्षेत्रिय समन्वय समितिको पनि महाधिवेशन सम्पन्न गर्न क्षेत्रिय समन्वय सम्योजकहरुलाई निर्देशन दिई सकेको छ ।
सोसल क्लबको निर्वाचन उम्मेद्बारी फारम संस्थाको अधिकारिक पेजरअनलाईन मार्फत प्राप्त गर्न सकिनेछ ।
