शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

५ अर्बभन्दा बढीको युरेनियमसहित ४ पक्राउ

शुक्रबार, फाल्गुन २८ २०७७

काठमाडौं । साढे दुई किलो युरोनियमसहित चार जना पक्राउ परेका छन् । नेपालमै पहिलो पटक ठूलो परिणाममा सक्कली युरेनियम जफत भएको यो पहिलो घटना भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

युरेनियम – २३८ जफत भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आइजी हरिबहादुर पालले बताए ।

काठमाडौंको बौद्धमा रहेको एउटा घरबाट चारैजनालाई पक्राउ गरिएको हो ।

जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी पर्ने पालले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार