शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

च्याम्पियन्स लिग : पिएसजीसँग समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरियाे

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा पिएसजीसँग हार व्यहाेर्दै बार्सिलाेना खेलबाट बाहिरिएकाे हाे ।

पिएसजीसँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।

पिएसजीकाे जितका लागि केलियन एमबाप्पेले गाेल गरे । खेलकाे ३७ औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरेतापनि जित सम्भव रहेन । किनकी सो गोल जित वा समग्रमा क्वाटरफाइनलको यात्रा तय गर्नका लागि पर्याप्त थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार