शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कोभ्याक्सको तीन लाख ४८ हजार डोज खोप आज काठमाडौं आइपुग्ने

आइतबार, फाल्गुन २३ २०७७

काठमाडौं । कोभ्याक्स कार्यक्रमअनुसार प्राप्त हुने कोरोनाविरुद्धको खोपको पहिलो खेप काठमाडौं आइपुग्दै छ । कोभ्याक्स सहायताअन्तर्गत पहिलो खेपमा तीन लाख ८८ हजार डोज खोप आज बिहान काठमाडौं आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

कोभ्याक्स विश्व स्वास्थ्य संगठनले अनुदानस्वरुप विश्वका देशहरुलाई खोप उपलब्ध गराउने गरी सञ्चालन गरेको कार्यक्रम हो । यसअन्तर्गत भारतमा उत्पादित कोभिसिल्ड खोप आउन लागेको उनले बताए ।

यसअघि, भारतले नेपाललाई उपहारस्वरुप १० लाख डोज यही कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि नेपालले भारतबाटै २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्‍यो । त्यसमध्ये १० लाख डोज आइसकेको छ । बाँकी १० लाख डोज खोप छिट्टै आउने मन्त्री त्रिपाठीले बताए ।

थप ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । दक्षिण एसियाली देशमा खोप अभियान सञ्चालन गर्ने नेपाल दोस्रो मुलुक भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार