शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा स्पाईनल कर्ड इन्ज्यूरी भएका महिला दिदीबहिनीहरुलाइ अप्टिमिष्ट क्लब अफ काठमाडौंको सहयोग

आइतबार, फाल्गुन २३ २०७७

काठमाडौं । स्पाईनल कर्ड इन्ज्यूरी भएका ५० जना महिला दिदीबहिनीहरुलाई महिनावारी हुँदा प्रयोग गरिने प्याड र पेन्टी वितरण गरि किशोरीहरुका लागि दिन नेपाल र अप्टिमिष्ट क्लब अफ काठमाण्डौले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी यसपालीको १११औं अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । नेपाल अपांग संघ, जोरपाटीको सभा हलमा आयोजित “सुरक्षित र सम्मानित महिनावारी” विषयमा चेतनामूलक कार्यक्रममा किशोरीहरुका लागि दिन नेपालका माया खाइतु, आकाँक्षा गौतम र दिव्या गौलीले उक्त विषयमा आ आफ्नो प्रस्तुतिकरण गरेका थिए । बजारमा पाइने विभिन्न ब्राण्डका महिनावारी हुँदा प्रयोग गरिने प्याड सबैले किनेर प्रयोग गर्न ग्राहाु हुनुका साथै यसले वातावरणमा प्रतिकूल असर गर्ने भएको पुर्न प्रयोग गर्न सकिने प्याड प्रयोग गर्न पर्ने बताए । उक्त प्रस्तुतिमा महिनावारीका बारेमा, महिनावारी हुँदा पुर्न प्रयोग गर्न सकिने प्याड कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सहभागीलाई सिकाइएको थियो । नारी नेपाल नामक संस्थाका रेजिना राउतले बेलायत देखि पहिलो पटक बजारमा ल्याउन लागिएको महिनावारी हुँदा प्रयोग गर्न सकिने पेन्टीका बारेमा जानकारी सहित उपस्थित सम्पूर्ण सहभागी स्पाईनल कर्ड इन्ज्यूरी भएका महिला दिदीबहिनीहरुलाई उक्त पेन्टी वितरण गरेको कार्यक्रम संयोजक तथा आयोजक संस्था अप्टिमिष्ट क्लब अफ काठमाण्डौका अध्यक्ष रीना श्रेष्ठले जानकारी गराए । अप्टिमिष्ट नेपाल, नेपालमा विभिन्न जिल्लामा रहेका अप्टिमिष्टका शाखाहरु र अप्टिमिष्ट क्लब अफ काठमाण्डौले किशोरीहरु, वृद्धवद्धा, बालबालिका, अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य, सामाजिक र अािर्थक परिवर्तनका विषयहरुमा काम गर्दै आइरहेको र भविष्यमा पनि यसलाई निरन्तरता दिइरहने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रमका सह आयोजक समेत रहेका नेपाल स्पाईनल कर्ड इन्ज्यूरी स्पोटर्स संघका देवी आचार्यले कार्यक्रम निकै राम्रो भएको बताउँदै आगामी दिनमा अन्य क्षेत्रमा समेत यस किसिमको कार्यक्रम लैजान पर्ने बताए । स्पाईनल कर्ड इन्ज्यूरी भएका महिला दिदीबहिनीहरुलाई कार्यक्रम स्थल सम्म ल्याउन र कार्यक्रम व्यवस्थापन गर्न नेपाल स्पाईनल कर्ड इन्ज्यूरी स्पोटर्स संघका नै सोनिका ढकालले गरेका थिए । कार्यक्रममा सहभागी सबैले आफूले जान्नै पर्ने विषय सुरक्षित र सम्मानित महिनावारी विषयक जनचेतनामूलक कार्यक्रम आयोजना गरेको र आपूmहरुलाई नभई नहुने पुर्न प्रयोग गर्न सकिने प्याड र पहिलो पटक नेपालमा ल्याउन लागिएको महिनावारी हुँदा प्रयोग गर्न सकिने पेन्टी उपहार पाएकोमा धेरै खुशी लागेको बताए । महिलाको सुरक्षा, सम्मान, रोजगार र समृद्धि नेपालको आधार भन्ने नारा सहित नेपालमा मनाउन गइरहेको १११ औ नारी दिवसको अवसरमा कार्यक्रममा उपस्थित सबै महिला दिदीबहिनीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार