काठमाडौं । प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा रामहरी गैरे मनोनित भए सगै मञ्चलाई सामाजिक कार्यमा अगाडि बढाउने योजना स्वरुप आगामी अप्रील १६ तारिक प्रवासी नेपाली एकता मञ्च कतारको आयोजनामा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
हमद मेडिकल कर्पोरेसन ब्लड डोनर सेन्टरमा रक्तदान गर्ने कार्यक्रम तय भएको अध्यक्ष रामहरी गैरेले जानकारी दिए । कतारमा विभिन्न पेशा ब्यावसायमा आवद्ध भएर रहेका सम्पुर्ण नेपालिहरुलाइ उक्त दिन ब्लड डोनर सेन्टरमा उपस्थित भएर रक्तदान गर्न समेत अध्यक्ष गैरेले अपिल गरेका छन ।
गैरेको आगमनसगै मञ्चले सामाजिक क्षेत्रमा धेरै कामहरु गर्ने अपेक्षा मञ्चका सुभेच्छुकहरुले लिएका छन ।
बिश्वको सबै भन्दा प्रभावकारी स्वास्थ सुबिधा उपलब्ध गराउन सफल भएकोले कतारमा पछिल्लो समय उपचार गराउन आउने मान्छेहरुको संख्या बढ्न थालेको छ अहिले केही नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडिहरु पनि यहि उपचाररत छन ।
साथै कतारले यसै बर्ष महत्वपुर्ण फुटलब खेलहरुको आयोजना गर्दै अर्को बर्ष अर्थात सन २०२२ मा फिफा बिश्वकप पनि यहि सम्पन्न गर्ने भएकोले रक्तदान कार्यक्रम अत्यान्तै प्रभावकारी हुने हुदा आफुहरु यो कार्यक्रममा सकेसम्म धेरै सहभागी गराउने गरि लागि परेको मञ्चका सचिव मोहन कार्किले बताए ।
कार्यक्रमलाई भब्य ढङ्गले सफल बनाउन मञ्चले अध्यक्ष रामहरी गैरे सचिव मोहन कार्की लगायत सदस्यहरु राजु डुम्रे नन्द ढुंगाना अमित गौतम र पुष्पराज लम्साल सहितको सहजिकरण टिम बनाएर प्रचारप्रसार सुरु गरेको छ ।