शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम प्रदेश जाँदै, कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास हुने

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली भोलि सुदूरपश्चिम जाने भएका छन् । कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली भोलि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री जाने भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आजै धनगढी पुगिसकेका छन् । उनकाअनुसार औद्योगिक क्षेत्रको प्रधानमन्त्रीले सोमबार शिलान्यास गर्नेछन् । उनले ९ अर्ब लगानीमा ५ वर्ष भित्र औद्योगिक क्षेत्र निर्माण सम्पन्न हुने जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार