बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

इङ्ग्लिस प्रिमियर लिग : लिभरपुलमाथि एभर्टनको ऐतिहासिक जित

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले ऐतिहासिक जित निकालेको छ । सन् १९९९ को सेप्टेम्बर पछि पहिलो पटक एभर्टनले लिभरपुललाई हराएको छ । त्यो पनि उसकै मैदानमा ।

गएराति भएको खेलमा लिभरपुललाई एभर्टनले २–० गोल अन्तरले पराजित गरेकाे हाे । एभर्टनका लागि खेलको तेस्रो मिनेटमा रिचार्लिसनले गोल गरे भने ८३ औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत् गोल गरे ।

लिभरपुलले जारी सिजनमा लगातार चौथो खेलमा पराजित व्यहोरेको छ । सन् २०१० पछि एभर्टनले ऐतिहासिक जित निकालेको हो भने सन् १९२३ पछि पहिलो पटक लिभरपुलले घरेलु मैदानमा चार खेल हारेको छ ।

जारी लिगमा लिभरपुल २५ खेलमा ४० अंकका साथ छैठौं स्थानमा छ भने २४ खेलमा ४० अंक जोडेको एभर्टन सातौं स्थानमा छ । यस्तै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमै भएको अर्को खेलमा फुलह्यामले शेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, साउथह्याम्पटन र चेल्सीले १–१ को बराबरी खेलेका छन् भने बर्नली र वेष्ट ब्रोमले गोलरहित बराबरी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार