बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सहज जित हात पार्दै चेल्सी चौथो स्थानमा

मंगलबार, फाल्गुन ४ २०७७

काठमाडौं, ४ फागुन । इङलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा चेल्सीले सहज जित निकालेको छ । चेल्सीले न्यूक्यासल युनाइटेडमाथि २–० को जित हात पारेको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीको जितका लागि ओलिभर जिरउड र टिमो वेर्नरले एक–एक गोल गरेका हुन् ।

दुवै गोल पहिलो हाफमै भएका हुन् । ३१औँ मिनेटमा जिरउडले र ३९औँ मिनेटमा वेर्नरले गोल गरेका हुन् ।

जितपछि २४ खेलबाट ४२ अंक बनाएको चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ। सोमबार राति नभएको प्रिमियर लिगका अन्य खेलमा वेष्ट ह्यामले शेफिल्ड युनाइटेडलाई ३–० हरायो । २४ खेल खेल्दा ४२ अंक बनाएको वेष्ट ह्याम चेल्सीसँग अंक बराबरी भएपछि गोलअन्तरमा पछि परी पाचौँ स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार